• २०८१ बैशाख १६ गते आइतवार

पेस्तोल सहित भगौडा सैनिक पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

 पुष ९, काठमाडौं।  प्रहरीले एक जना भगौडा सैनिकलाई हतियारसहित पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले कपनबाट हतियार सहित ति सैनिकलाई नियन्त्रणमा लिएको हो। कटुवा पेस्तोलसहित रामेछाप फुलकासी २ का ३५ वर्षीय रोसन बर्देशवालाई नियन्त्रणमा लिएको महाशाखाका एससएसपी सहकुल थापाले जानकरी दिए। हतियार कहाँ र किन ल्याएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस