• २०८० फाल्गुन १० गते बिहिवार

दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते

पढ्न लाग्ने समय : १ मिनेट

पौष ९, दाङ  । दाङको घोराही उपमहानगरपालिका–३ को मुसोटखोलाको ओरालोमा यात्रु बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार तुल्सिपुरबाट भालुबाङ आउँदै गरेको रा १ ख १४८९ नम्बरको बस दुर्घटना हुदा २१ जना घाइते भएको र उनीहरुको लमही अस्पतालमा उपचार भैरहेको छ ।

बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धान पत्ता लागेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस