- सन्दिप डागी, रोल्पा
मंसिर ९, रोल्पा । रोल्पामा पनि विभिन्न कार्यक्रमका साथ उद्योग दिवस मनाइएको छ । उद्योगको पुर्वधार संवृद्धिको पुर्वाधार भन्ने मुल नाराका साथ चौथो दिवस मनाइएको हो ।
घरेलु तथा साना उद्योग विकाश समिती रोल्पाका उद्योग अधिकृत तिलकराम वलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथीमा ५ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि कुलप्रसाद केसी रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथीमा प्रदेश नं. ५ का साम्सद दिपेन्द्र पुन रहनु भएको थियो । कार्यक्रमको अन्य अतिथीहरुमा जिल्ला समन्वय समिती रोल्पाका कार्यवाहक अध्यक्ष कर्मलाल परियार, रोल्पा नगरपालीकाका प्रमुख पुर्ण केसी, प्रमुख जिल्ला अधिकारी लक्षण ढकाल, नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र घर्ति, नेपाली काँग्रेस रोल्पाका सचिव मोहन परियार, पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपने, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्द लगाएतको रहनु भएको थियो । दिवसको अवसरमा गाउवेसि झोला तथा सल वुनाइ उद्योग रोल्पा नगरपालीका २ कि सुनिता घर्तिमगर र तालावाङी टेलर्स माडि गाउँपालीका २ का अम्मर घर्तिलाई सम्मान समेत गरिएको थियो ।
रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग विकाश समितीका नायब सुब्बा भक्तिराम पाण्डेले गर्नु भएको थियो । कार्यक्रमको अवसरमा प्रमुख अतिथी केसीले स्थानिय स्तरमै स्वरोजगार श्रीजना गर्नका लागी ठुलै लगानी कुरेर नवस्न आग्रह गर्दै सुलिन स्मृती गाउँपालीकाले जस्तै सुन चाल्ने अभियान जसरी पनि सुन, फलाम, तामाको क्षेत्रमा त्यसरी नै काम गर्न सकिने बताउनु भएको छ ।
आफुले थाहा पाए देखि नै रोल्पालीहरु इटा भट्टामा जाने परम्परा रहेको तर उक्त सिप लाई प्रयोग गरि रोल्पामै इटा उद्योग स्थापना गर्ने तर्फ कसैले ध्यान नदिएको गुनासो समेत पोख्नु भएको थियो । आर्थिक विकाश तथा स्वरोजगार श्रीजना गर्नका लागी यस्ता प्रकारका कार्यमा समेत ध्यान दिनु पर्ने उहाको आग्रह रहेको थियो ।