मंसिर ९, रसुवा । रसुवागढी नाकाबाट नेपाल भित्र्याएको करिब एक किलोग्राम सुन सहित आज दुई महिलालाई रसुवा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी प्रमुख भाग्येन्द्र पुरुष ढकालका अनुसार सुन भित्र्याउँदै गरेको भन्ने सुुराकीका आधारमा प्रहरीको विशेष टोलीले रसुवागढी नाकाबाट अवैध कारोवारमा संलग्न दुई महिलासहित करिब एक किलोग्राम सुन नियन्त्रणमा लिएको हो ।