• २०८२ बैशाख ७ गते आइतवार

घरको आँगनमा पकाएर राखेको खोलेमा परेर दुई वर्षको बालकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ८, इलाम । माईजोगमाई–५ सोयाङका एक बालकको घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर ज्यान गएको छ ।

सोयाङका प्रेमबहादुर राउतका दुई वर्ष तीन महीनाका छोरा मडित राउतको खोलेमा डुबेर ज्यान गएको हो ।

बुधबार आँगनमा डब्बीमा राखेको खोलेमा परेर घाइते भएका बालकलाई इलाम अस्पतालमा उपचारका लागि लगिएको थियो ।

इलाममा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पतालमा पु¥याइएका बालकको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस