• २०८२ बैशाख ७ गते आइतवार

करेन्ट लागेर एकै परिवारका ३ जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ ।

 मृत्यु हुनेमा स्थानीय ५५ वर्षिय शिवकुमार महतो, उनका श्रीमती र एक कामदार रहेका छन् ।

महतोले पूर्वेली स्टाफ होटल संचालन गर्दै आएका थिए । सोही होटलमा सुतिरहेका महतो, उनका श्रीमती र कामदारको करेन्ट लागेर मृत्यु भएको प्रहरी उपरीक्षक शेखर खनालले जनाए । उनले मृतक कामदारको पहिचान खुल्न सकेका छैन् ।

घरमा सुतिरहेका बेला विद्युत सर्ट भएपछि तार जलेर तल खस्दा उनीहरुलाई करेन्ट लागेको प्रहरीको अनुमान छ । विहान ढिलोसम्म होटल नखोल्दा स्थानीयले सोधखोज गर्दा मृत भेटेपछि प्रहरीलाई खबर गरेको थियो ।

मृतक ३ जनाको शव अञ्चल अस्पताल जनकपुरमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस