• २०८१ जेष्ठ १० गते बिहिवार

मुख्य सचिवले गर्दा प्रधानमन्त्री ओली अप्ठेरोमा

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन ८ काठमाडौँ, । राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठकलाई सम्बोधन गर्दै मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे तत्कालिन खानेपानी सचिव गजेन्द्रकुमार ठाकुरले ढाँटेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भयो । काम सूरु भएको केहि समयमै मेलम्चीको ठेक्का पाएको इटालियन कम्पनी सिएमसी नेपालबाट भाग्यो, ‘प्रधानमन्त्रीले बैठकमा भनेका थिए,‘सचिवले ठेकेदार कम्पनी भाग्नुभन्दा अघिकै मितिमा आयोना सम्पन्न हुने ब्रिफिङ गरेका थिए ।

राजनीतिक तहबाट सरकारलाई बदनाम गर्ने खेल पहिलेदेखि नै हुँदै आएको  तर पछिल्लो समय सरकारी निकायबाटै भएको छ ।’प्रधानमन्त्रीले सरकारलाई ढाँटेको भनेर खानेपानी सचिवलाई देखाएपनि यो सचिवमा मात्र सीमित छैन् ।मेलम्चीखानेपानीलगायतका आयोजनामा खानेपानीमन्त्री बिना मगर र तत्कालिन सचिव ठाकुरबीच स्वार्थ नमिलेका कारण विवाद बढेपछि मन्त्रालयअन्तर्गतका आयोजनाका उच्च अधिकारीहरुले मुख्य सचिव लोकदर्शन रेग्मीलाई यस विषयमा जानकारी गराएका थिए तर रेग्मीले यो कुरा प्रधानमन्त्रीसमक्ष पु¥याएनन् ।

‘मन्त्री र सचिवको झगडाले आयोजना पनि प्रभावित हुने भएपछि हामीले यस विषयमा मुख्य सचिवलाई पनि जानकारी गराएका थियौ,’ आयोजनाका एक वरिष्ठ कर्मचारीले भने,‘तर पछि कम्पनी भागीसकेपछि प्रधानमन्त्री ज्यूले आचर्य व्यक्त गर्नुभयो । मुख्य सचिवले यो विषयलाई किन संवेदनशील रुपमा लिनभएन, हामी पनि आश्चर्यमा छौं ।’यस्ता धेरै काममा नीति र कार्यान्वयनबीच पुलको रुपमा काम गर्नुपर्ने मुख्य सचिव र प्रधानमन्त्रीबीच समन्वय नहुँदा सरकारका थुप्रै निर्णय निष्प्रभावी र विवादित बन्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस