• २०८१ माघ २६ गते शनिवार

विप्लव समूहका बागलुङ सेक्रेटरी रामबहादुर कुँवर ‘नवीन’ पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, गुल्मी । जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी खर्वाङको संयुक्त गस्ती टोलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बागलुङका जिल्ला सेक्रेटरी रामबहादुर कुँवर ‘नवीन’ पक्राउ परेका छन् ।

कुँवरलाई मंगलवार दिउँसो बडीगाड गाउँपालिका–५, रेमीस्थित आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका कुँवरलाई जिल्ला प्रहरी कार्यालय, बागलुङ लगिएको छ । उनीमाथि आवश्यक अनुसन्धान थालिएको एसपी भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस