आश्विन ८ काठमाडौँ ।शुक्रबारदेखि सुरु हुने त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुर प्रस्थान गर्दैछ ।सिंगापुर र जिम्बावे सम्मिलित ट्राई प्रतियोगिता खेल्नका लागि नेपाल बुधबार राति सवा १० बजे सिल्क एयरको विमानबाट सिंगापुर प्रस्थान गर्नेछ ।
नेपालले शुक्रबार जिम्वाबेसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । यस्तै शनिबार नेपालले सिंगापुरसँग खेल्नेछ । त्यसपछि नेपाली टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिताका लागि ओमान प्रस्थान गर्नेछ । ओमानमा नेपालले घरेलु टोलीसहित हङकङ, नेदरल्याण्ड्स, आयरल्याण्डसँग खेल्नेछ ।