• २०८१ चैत्र ५ गते बुधवार

गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा म्युनिख इन्टरनेशनललाई दिने प्रस्ताव

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन ८ काठमाडौँ, । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिख इन्टरनेशनललाई दिने तयारी गरेको छ ।

जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको म्युनिख एयरपोर्टको प्रस्तावमाथि अध्ययन गरीरहेको पर्यटन मन्त्रालयले जनाएको छ ।गत जेठ १६ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खुला प्रतिस्पर्धाबाट नभई दुई सरकारबीचको सम्झौताबाट ‘जीटुजी’ मोडलमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

जर्मन सरकारको स्वामित्वमा उक्त कम्पनीले विमानस्थल सञ्चालनका लागि पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय र नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई गत असारमा औपचारिक प्रस्ताव पठाएको थियो ।म्युनिखले गौतमबुद्ध विमानस्थल ५० वर्षका लागि सञ्चालनको जिम्मा दिन प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस