• २०८१ माघ २६ गते शनिवार

बर्दियाबाट भरुवा बन्दुक सहित १ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, बर्दिया । बाँसगढी नगरपालिका ९ हजारी टोल बस्ने ३१ वर्षीय गणेश राना मगरलाई भरुवा बन्दुक १ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मगरको घरमा चित्तलको मासु छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतीपुर र अस्थाई प्रहरी पोष्ट लक्ष्मणाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त भरुवा बन्दुक सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस