- सन्तोष अर्याल, काठमाडौं ।
भदौ ८, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय, चिकित्साशास्त्र संकाय डिनको कार्यालय, विराटनगरमा कार्यरत मुख्य अधिकृत गिरिराज कोइराला विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।
उनले काठमाडौंस्थित कलेजका विद्यार्थीहरूको समस्या समाधान गरिदिने भनी घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई सेवाग्राहीसँग रू.६,७५,०००।– घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको क्रममा निज पूर्वाञ्चल विश्वविद्यालय, चिकित्साशास्त्र संकाय डिनको कार्यालय, विराटनगरमा कार्यरत मुख्य अधिकृत गिरिराज कोइरालाले सेवाग्राहीले विश्वविद्यालयलाई जरीवानस्वरूप तिर्नु, बुझाउनु पर्ने रकमलाई मिलाइदिने प्रयोजनको लागि रू।६,७५,०००।– घुस लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स(प्रमाण पुष्टि हुन आएकोले निजलाई विगो रू।६,७५,०००।–९छ लाख पचहत्तर हजार० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी गराउनु भयो ।