भाद्र ८, चितवन । चितवनमा पत्रकार रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ ।
अदालतमा बहसको तयारी भइरहँदा लामिछानेको रिहाईको माग गर्दै प्रदर्शनमा उत्रिएपछि प्रहरी लाठीचार्ज गरेको हो ।
लाठीचार्जका कारण केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । आज अदालतमा बहस हुने दिन अन्य दिनभन्दा बढी प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् ।