भदौ ८, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गराएको छ ।
सरकारी वकिलका तर्फबाट तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । अध्ययनपछि रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध अदालतमा आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा पेश गरिएको हो ।