भाद्र ८, दाङ । गएराति दाङ्गको एक होटलमा बास बसेका एक युवा आईतबार विहान मृत फेला परेका छन् ।
घोराही–१५ ट्राफिकचोकस्थित लंकबहादुर बुढा मगरले संञ्चालन गरेको शंकर होटलमा सुतेका दुई जना मध्ये दाङकै बंगलाचुली गाउँपालिका–८ रानीवासका २३ बर्षीय लालु घर्ती मृत फेला परेका हुन् ।
भारतबाट रोजगारी गरेर फर्किएका ६ जना त्यस होटलमा हिजो साँझ बास बसेका थिए । ती मध्ये दुई जना एउटै कोठामा सुतेका थिए । भने, विहान उठ्दा घर्ती मगर मृत फेला परेपछि प्रहरीलाई जानकारी गराइएको थियो ।
दाङका प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार शवको पोष्टमार्टमपछि मात्रै सत्य बाहिर आउने बताए ।