• २०८१ माघ २६ गते शनिवार

सीडीओलाई गाली गर्ने युवक पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८ वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई सामाजिक सञ्जाललार्फत गाली गलौज गरेको आरोपमा बारा सिम्रौनगढ नगरपालिका वडा नं ७ खजानी घर भएका २५ बर्षका सन्नीकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

गूप्ता कंकाली अटो ट्रेडर्सका सञ्चालक हुन् । गूप्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई गाली गलौज गरेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस