• २०८१ माघ २६ गते शनिवार

एकैदिनमा बढ्यो सुन तोलामा १२ सय, चाँदीमा २५

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय रुपैयाँ तोकेको छ । यो अहिलेसम्मकै बढी मूल्य हो । तोलामा एकैदिन १२ सय रूपैयाँ बढेको हो । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

यसअघि गत साउन ३१ गते प्रतितोला ७१ हजार ५ सय पुगेको थियो । शुक्रबार ७१ हजार रहेको तेजावी सुनको मूल्य आइतबार ७२ हजार २ सय पुगेको हो । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ८ सय २५ रहेको चाँदी आज एकै तोलामा २५ रुपैयाँले बढेर ८ सय ५० पुगेको छ । चाँदीमा पनि यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

प्रतिक्रिया दिनुहोस