भदौ ८, काठमाडौं । नायक आर्यन सिग्देलले आफ्नो काम दर्शकले मन पराउदै आएकोमा त्यो नै आफ्ना लागि सुखद हुने बताउँदै आएका छन् । आर्यनले आफूलाई नम्बर १ वा स्टार बन्नु भन्दा पनि दर्शकले आफ्नो काम मन पराउनु भएकोमा खुशी हुने बताएका थिए ।
तर, उनी अभिनित चलचित्र ‘हजार जुनीसम्म’ बक्स अफिसमा नपरेका कारण समस्या परेको छ केहिबर्ष अघिसम्म नम्बर १ नायकको उपाधि पाएका आर्यनको क्रेज खस्कदो थियो । उनी, आफू पहिले भन्दा अझै गम्भिर भएर लागेको बताएका छन् । तर, आर्यनका लागि साउनको ३० गतेबाट रिलिज भएको चलचित्र ‘हजार जुनी सम्म’ बक्स अफिसमा चलेन । चलचित्रको इनिसियल व्यापार राम्रो भएन ।
चलचित्रको सबै जिम्मेवारी बोकेका आर्यनका लागि यो ठूलो धक्का थियो । किनकी, आर्यन अभिनित चलचित्र ‘च च हुई’ रिलिजको क्रममा छ भने, उनी नयाँ २ चलचित्रमा काम गर्ने तयारीमा छन् । आर्यन अहिले नै चलचित्र ‘हजार जुनी सम्म’ को बिषयमा बोल्न हतार हुने बताउँछन् । चलचित्रको सफलता वा असफलताको बिषयमा समय आएपछि बताउने भन्नुभयो ।
चलचित्रमा पाको उमेरको भूमिकामा देखिएका आर्यनको अभिनयलाई त दर्शकले मन पराएका छन् । तर, उनको करिअरका लागि यो चलचित्र चलिदिएको भए विशेष लाभ हुने थियो ।