• २०८२ बैशाख १७ गते बुधवार

”प्रेम गीत ३” को शिर्ष गितमा सबै कलाकार को आवाज, रेकर्डिङ रेडियो नेपालमा सम्पन्न

पढ्न लाग्ने समय : २ मिनेट
  • बिनोद दर्नाल, खबर24नेपाल समाचारदाता

भदौ ८, काठमाडौं । यो वर्षको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’ को छायाङ्कन दशैं लगत्तै सुरु गरिने निर्माता सन्तोष सेनले पहिल्यै जानकारी गराइसकेका छन् । चलचित्र का मुख्य कलाकार सहित सबै कलाकारहरु फाइनल भैसकेका छन ।

अहिले सबै टिम वर्कसप मा व्यस्त रहेका छन । वर्क्सप सँगै चलचित्र प्रेम गीत ३ को शिर्ष गीत को रेकर्डिङ कार्य रेडियो नेपाल मा सम्पन्न भएको छ। राजेश कुमार श्रेष्ठ को रचना रहेको सो गीत को संगीत चर्चित संगीतकार एलिश कार्की ले गरेका हुन। रेडियो नेपाल को ठुलो रेकर्डिङ हलमा ८० जना भन्दा बढी बाध्यबाधक कलाकारहरुको सहभागितामा लाईभ बाजाको साथ मा सो गीत को रेकर्डिङ गरिएको हो । चलन चल्तिका रेकर्डिङ तरिका भन्दा पृथक किसिमले अर्केस्ट्रा सहित को वाध्यबाधक को प्रयोग गरेर रेकर्डिङ्ग कार्य सम्पन्न गरिएको हो । उक्त शीर्स गीत आवाज भने प्रताप दास र प्रबिशा अधिकारि को रहेको छ । रेकर्डिङ को सामुहिक आवाज को निम्ती कलाकार शिव श्रेष्ठ, प्रदिप खड्का, नायीका क्रिस्टीना गुरुङ, निर्देशक छेतेन गुरुङ र सन्तोष सेन लगायत थुप्रै कलाकार रेडियो नेपाल पुगेका कारण यो गीत अघिल्लो सिरिज का गीत भन्दा फरक गीत बन्ने अनुमान लगाउन सकिन्छ ।

नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट सम्पूर्ण दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘प्रेमगीत–३’ निर्माण टिमले गरिरहरेको मिहेनत निकै तारिफयोग्य देखिएको छ । यो फिल्मको कथा निर्देशक छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । फिल्मलाई निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले एकसाथ निर्देशन गर्दैछन् । चलचित्र चैत्र २८ मा विश्वभर एकसाथ प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस