• २०८१ जेष्ठ १४ गते सोमवार

रवि लामिछानेलाई रिहाई गर्न त्रिपाठी चितवन तर्फ

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, काठमाडौं । न्युज २४ को कार्यक्रम “सिधा कुरा जनतासँग” का संचालक रवि लामिछानेको रिहाईमा जोडदार अभियान छेडेका चर्चित पत्रकार विनोद त्रिपाठी आज चितवन गएर रिहा गर्न पहल गर्ने भएका छन् । देशभरका कुनै पनि पत्रकारहरु रविको रिहाईका लागि नबोल्दा पनि त्रिपाठी एक्लैले पत्रकारिता क्षेत्रबाट रवि पक्राउको बिरोध गर्दे आएका छन् ।

खरो र जोखिम समाचार लेखेर चर्चा कमाएका त्रिपाठीले रवि लामिछानेको शुरुदेखि नै बचाउ गर्दे आएका थिए । उनको सम्पादकीय भुमिका र लेख नेपाली पत्रकारितामा अब्बल रहँदै आएको छ । त्रिपाठीले रविको रिहाईका लागि शुरुमै आन्दोलनको घोषणा गरेर आफ्नो फेसबुक मार्फत प्रचार गरिदिएका थिए । माउण्टेन टेलिभिजनमा कार्यरत रहेका शालिकराम पुडासैनीको मृत्युमा आत्महत्या दुरुत्साहनको आरोप खेपेका रविलाई १० दिनदेखि प्रहरीले चितवनमा न्यायीक हिरासतमा राखेको छ । उनीसँगै युबराज कंडेल र नर्स अस्मिता कार्की पनि हिरासतमा छन् । आज आइतबार अदालत पेश गरेर म्याद थप्ने वा नथप्ने अदालतले निर्णय गर्नेछ ।

हिरासतमा राख्ने म्याद थपेन भने आजै रवि लामिछाने रिहा हुने पत्रकार त्रिपाठीले जानकारी दिए । न्युज २४ टेलिभिजनको सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेको रिहाइका लागि राजधानी लगायत बिभिन्न स्थानमा प्रदर्शन गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस