• २०८२ बैशाख ४ गते बिहिवार

सुन्दर परियार र रुपा दाहालकाे मनै छुने “परदेशी घर फर्किने कहिले हाे”(हेर्नुस भिडियाेमा)

पढ्न लाग्ने समय : २ मिनेट

साउन ९, स्याङ्जा, वालिङ – १ । सुन्दर परियारको शब्द सङ्गीतमा रहेको गीत “प्रदेशी घर फ्रर्कने कहिले हाे” सुन्दर परियार र रुपा दाहालकाे “परदेशी घर कहिले फर्किने हाे” भर्खरै डिजिटल बजारमा सार्वजनिक भएको छ ।   रुपा दाहालको र सुन्दर परियारको आवाज रहेको उक्त गीतमा अभिनय पनि सम्झना कंडेल र बिमल अधिकारीको रहेको छ । स्मृति तिमिल्सिना “गुरुआमा” को निर्देशन, सुरेश श्रेष्ठ र सन्तोष महराको छायांकन अनि प्रकाश धमलाको सम्पादनमा तयार पारिएको उक्त गीत अहिले धेरै दर्शक श्रोताको माया बटुल्न सफल भैरहेको छ । उनको “पर्देशी” र “आमा” नामक गीतहरु पनि बजारमा आउने तयारीमा छन् ।

स्याङ्जा, वालिङ तिल डाडामा जन्मिएका सर्जक तथा गायक सुन्दर परियार हाल वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत छन् । उनी सानै देखी सङ्गीतको अनुरागी त थिए नै जब २०६१ सालमा “नैना रेशम लोकतारा” मा छनौट भए त्यस पछि भने उनको सङ्गीत प्रतिको मोहले थप उचाइ लियो । अन्ततः उनले आफ्नो प्रतिभालाई उजागर गर्दै पहिलो लोकदोहोरी गीत “मेरो माया” रेकर्ड गराएर आफ्नो साङ्गीतिक यात्राको थालनी गरे । लगत्तै उनका लोकदोहोरी गीतहरु “मेरो माया गयौ लत्याएर” , “धोका दियौ घायल भाको छु”, तिज गित – “आयो तिज” अनि समसामयिक विषयबस्तु समेटिएको गीत “अन गर है नेट” जस्ता थुप्रै र चर्चित गीतहरु डिजिटल बजारमा सार्बजनिक भैसकेका छन् ।सुन्दर परियार र रुपा दाहालकाे मनै छुने परदेशी घर फर्किने कहिले हाे(हेर्नुस भिडियाेमा)

प्रतिक्रिया दिनुहोस