- धर्म सुनार, बाजुरा समाचारदाता
साउन ९, बाजुरा । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अविरल वर्षाका कारण अवरुद्ध भएको दुई साता बित्दा पनि खुलेको छैन । लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् ।
मार्तडीबाट कोल्टीसम्म दैनिकरूपमा सञ्चालन हुदै आएका सवारीसाधन ठप्प भएका छन् । मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछि उत्तरी भेगका स्थानीयवासी पैदलयात्रा गर्न बाध्य भएका छन् । दैनिकरूपमा पानी पर्न थालेपछि मार्तडी–कोल्टी सडकमा पर्ने बाउलीखोला, अनैखोला, जिल्ली र रजातोलीका खहरेखोलामा आउने बाढी र सडकमा पहिरो आएपछि उक्त क्षेत्रमा चल्ने मालवाहक तथा जिपहरु बन्द भएको स्वामिकार्तिक मानसरोवर यातायात बाजुरा कोल्टी प्रा. लि ले जनाएको छ ।
अविरल वर्षाका कारण जिप पुर्वी भेगमा सञ्चालनमा नआएकाले व्यवसायी मारमा परेको पानी आएपछि माथिबाट पहिरो खस्ने भएकाले मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछी जिप कोल्टीको विरसैनमै थन्किएको जिप सञ्चालक जितु वि.क ले बताएका छन । यस्तै जिल्लाका विभिन्न ग्रामिण सडक अविरल वर्षा ले गर्दा दुइ साता देखि अवरुद्ध भए पछी जिव चल्न सकेका छैनन ।