• २०८१ पुष २९ गते सोमवार

काठमाडौं महानगरपालिकाका कर्मचारी विरुद्ध अख्तियारद्धारा आरोप पत्र दायर

पढ्न लाग्ने समय : १ मिनेट

साउन ९, काठमाडौं । काठमाडौं महानगरपालिका, सामाजिक विकास विभागका नायव सुब्बा (पाँचौं तह) कृष्ण प्रसाद सोती उपर अख्तियारले आज आरोप पत्र दायर गरेको छ ।

उनले सेवाग्राहीसँग सामाजिक विकास विभाग मार्फत कार्यान्वयनमा आएको रकमको कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले उनले सेवाग्राहीसँग रू.१,०७,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा घुस रकम सहित नियन्त्रण लिएको हो ।

यस विषयमा थप अनुसन्धान हुँदा निज नायव सुब्बा कृष्ण प्रसाद सोतीले सेवाग्राहीसँग सामाजिक विकास विभाग मार्फत खर्च गर्ने गरी विनियोजन भएको रकम मध्ये बिल भरपाई सहित भुक्तानीको लागि पेश गरेको रकमको भ्याट बाहेकको रकमको पाँच प्रतिशत कमिशन बापत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि भएको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार नायव सुब्बा कृष्ण प्रसाद सोतीलाई बिगो रू.१,०७,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस