- गोबिन्द पौडेल , इलाम समाचारदाता
साउन ९, इलाम । शहरी क्षेत्रहरुमा कौसीको तरकारी खेतीको चर्चा भइरहदा गाउका किसानहरुले घरको पेटीमा गर्ने गरेको तरकारी खेतीले घरको शोभा त बढाएको नै छ सगसगै आत्मा निर्भर पनि बनाएको छ ।
मानिसहरुले घरकालाइ शोभायमान बनाउन भित्री सजावट सगै बाहिर कौसी र पेटीमा बिभिन्न फूलहरु रोप्दै आएका भएपनि अहिले इलामका कतिपय ग्रामिण क्षेहरुका किसानहरुले पेटीमा तरकारीको खेती गरेर आर्कषक, आत्मानिर्भर र आम्दामी समेत गर्न थालेको पाइएको छ ।
कतिपय मानिसहरुको लागि घर छ बारी छैन ,बारीमा अन्य बहुबर्षे बाली लगाएको कारण तरकारी खेती गर्न असभव छ अनि बारीको काम गर्न जान नभ्याउने हरुको लागि यस प्रकारको तरकारी खेती बढी प्रभावकारी हुने गरेको देखिएको हो ।
बजारबाट किनेर ल्याउने तरकारीमा रासायनिक बिषादीका आतंक नै भइरहेको बेलामा घरमा नै उत्पादन गरेको तरकारी स्वास्थ्यबर्धक हुने र सधै ताजा, फुसर्दको समयमा गोडमेल र मलजल गर्दा समेत हुने भएकोले आफुले फाइदाकारी महसुस गरेको रोङ ६ इलामका किसान सेर बहादुर रिजालले बताए । उनको घर पेटीमा करिव ३० बोट अकबरे खुसानी प्लास्तिकको बोरामा रोपिएको छ । खुसानीको बोट हेर्दा मानौ त्यो घरको पेटी हैन त्यो बगानै हो भन्ने महसुस जोकोहीले गर्ने गरेका रोङ ६ का वडा सदस्य केशर प्रधानले बताए ।
पेटीमा खुर्सानी, रायो मुला प्याज, लसुन, कोपी काउली, टमाटर , धनीया लगायतको खेती गर्न सकिने कारीटास नेपाल झापाका कृषि प्राबिधिक टंक कट्टेलले बताए । बारीमा रोपीएको जस्तो आम्दामी मुलक नभएपनि निवाहमुखी बन्न सकिने उनको भनाइ रहेको छ । यता पेटीमा तरकारी रोपेका किसान रिजालभने आफुलाइ बर्षभर खान पुग्ने र आफन्तलाइ कोशेली सगै छर टिमेममा बाड्ने गरेको अनुभव सुनाउछन यसरीनै हरेक परिवारले गाउमा पेटीमानै तरकारीको खेती गर्ने हो भने पनि उत्पादन भएको थोरै थोरैमात्रालाइ संकलन गरि बजारमा लैजादा आम्दामीको श्रोत पनि बन्न सक्ने बरबोटे कृषि समसहका अध्यक्ष इन्द्र प्रधान बताउछन् । जे होस थोरै समय लगानी र स्थानमा हरेक नागरिकले घरको पेटीमात्रै तरकारी रोप्ने हो भने तरकारीमा परनिर्भरता हट्ने निश्चित रहेको छ ।