• २०८१ माघ ८ गते मङ्गलवार

गौशालाका प्रहरी निरीक्षकहरु घुस रकम सहित रङ्गेहात पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

साउन ९, काठमाडौं । महानगरीय प्रहरी बृत्त गौशाला काठमाडौंका प्रहरी नायव निरीक्षकहरु रमेश बहादुर पाण्डे र राजु स्वर्णकार घुस रकम सहित अख्तियारले पक्राउ गरेको छ ।

उनिहरुले सार्वजनिक मुद्दामा केश चाँडै मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

उनिहरुलाई सेवाग्राहीसँग रू.१८,०००।–घुस वापतको रकम लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका वडा नं. ८ स्थित मिथिला काबेली यातायात सेवा प्रा.लि. र अनलाइन डिलक्सको टिकट काउन्टरको अफिस अगाडिको सार्वजनिक सडक किनाराबाट उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस