• २०८१ चैत्र ५ गते बुधवार

पाँच जनाले मात्रै काम गर्ने साना मिडियाले न्युनतम पारिश्रमिक दिनु नपर्ने

पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ९, काठमाडौं । पाँच जनासम्म मात्रै पत्रकार वा कर्मचारीले काम गर्ने साना मिडियाहरुले न्युनतम पारिश्रमिक कार्यान्वयन गर्नु नपर्ने भएको छ ।

यस अघि न्युनतम पारिश्रमिक अनुसार तलब दिएको प्रमाण पेश गरेपछि मात्रै सूचना विभागमा दार्ता नविकरण तथा पत्रकार परिचय पत्र दिने व्यवस्था गरिएको थियो । अब साना सञ्चार माध्यमहरुले न्युनतम पारिश्रमिक कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेपछि दर्ता नविकरण र परिचय पत्र प्रदान गरिनेछ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोँकुल बास्कोटाले पाँच जनासम्म पत्रकार, कर्मचारी र कामदार मात्रै कार्यरत सञ्चार माध्यमहरुले तत्काल न्युनतम पारिश्रमिक कार्यान्वयन नगरेपनि हुने व्यवस्था गरिदिएका हुन् ।

प्रतिक्रिया दिनुहोस