• २०८१ जेष्ठ १० गते बिहिवार

बराबरीमा रोकियो लिभरपुल

पढ्न लाग्ने समय : १ मिनेट

साउन ९, काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इङ्ग्लिश क्लब लिभरपुलले स्पोर्टीङ सिपीसँग बराबरी खेलेको छ ।

न्युयोर्कमा बिहिबार विहान लिभरपुलले पोर्चुगिज क्लब स्पोर्टीङसँग २-२ गोलको बराबरी खेलेको हो ।

यान्की स्टेडियममा ब्रुनो फर्नान्डेजको गोलबाट पाँचौं मिनेटमा स्पोर्टीङले सुरुवाती अग्रता लिएको थियो । २० औं मिनेटमा डिभोक ओरोगीले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए ।

खेलको ४५ औं मिनेटमा जर्जियानो विजनाल्डमले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । तर, ५४ औं मिनेटमा स्पोर्टीङका विन्डेलले गोल गरेपछि खेल २-२ को बराबरीमा सकियो ।

नयाँ सिजनको सुरुवात अघि प्रि-सिजन तयारी गर्न दुवै टिम अहिले अमेरिका भ्रमणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस