साउन ९, सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ तेतरियामा अविरल वर्षासँगै पानी जमेर बनेको खाल्डोमा डुबेर एक नाबालकको बुधवार मृत्यु भएको छ ।
स्थानीय सन्तोष साहको दुई वर्षीय छोरा अङ्कितकुमार साहको घर नजिककै पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि आरके मेडिसिटी धनगढी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।