- सागर थापा/महेन्द्र सिंह
साउन ९, बाँके । भर्खरै सरुवा भएर आउनु भएका वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक हरी बस्नेतले नगरको समग्र सुरक्षा ब्यवस्थापनका लागि बिभिन्न क्षेत्रहरुबाट राय सुझाव लिन थालेका छन् ।
राय सुझाव लिनेक्रममा इन्चार्जको रुपमा सरुवा भइ आएको तेश्रो दिनमा बिहिवार प्रहरी निरीक्षक बस्नेतले नेपालगञ्जका पत्रकारहरुसँग अन्तरक्रियात्मक छलफल गरेका छन् । नेपालगञ्जका सुरक्षा चुनौतीबारे अध्ययन गरेका बस्नेतले सुरक्षा ब्यवस्थापन र अपराध नियन्त्रणका लागि गर्नुपर्ने कार्यलाई प्राथमिकता समेत गरेका छन् । बिभिन्न क्षेत्रका ब्यक्तिहरुसँग नगरको सुरक्षा अवस्थाबारे राय सुझाव लिदैछु, प्रहरी निरीक्षक बस्नेतले भने सबैका राय सुझाव प्राप्त भएपछि सोही आधारमा अगाडी बढ्नेछौं । उनले उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग मिलेर नेपालगञ्जको ट्राफिक ब्यवस्थापन गरिने बताए । यसैगरी लागु औषध, मदिराजन्य र यौनजन्य विकृती नियन्त्रण गरिने बताए ।
नेपालगञ्जमा धेरै ग्रामिण क्षेत्र पनि भएकाले सामुदायिक केन्द्रीय कार्यक्रम पनि संचालन गरिने बस्नेतले बताए । सामुदायिक कार्यक्रम अन्तर्गत सामाजिक सद्भाव तथा भातृत्व विकासका कार्यक्रम अघि बढाइने उनले बताए । सबै टोलमा प्रहरी पुग्ने गरि परिचालन हुने उनले बताए ।