- रेशम बहादुर खड्का
असार १०, जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाले ४४ करोड ५९ लाखको बजेट सर्बजनिक गरेको छ ।मंगलवार नगरपालिकाले पाँचौं नगर सभाबाट बजेट सार्वजनीक भएको हो । आर्थिक बर्स ०७६र०७७ को लागी नगरपालिकामा निशर्त अनुदानको चालू तर्फ १० करोड ८४ लाख ९३ हजार रहेको छ ।
त्यस्तै पुँजिगत तर्फ १३ करोड ३४ लाख ८ हजार रकम बिनियोजित बजेट नगरपालिकाकी उपप्रमुख भावना भण्डारीले प्रस्तुत गरी सार्वजनिक गरेकी हुन । त्यस्तै सशर्त अनुदानको चालू तर्फ प्राप्त १४ करोड ५७ लाख रुपैयाँ रहेको छ। पुँजिगत तर्फ ५ करोड ८३ लाख रुपैयाँको बजेट सार्बजनिक गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका भित्रका बिकास निर्माणको लागि सबैलाई समेटेर बजेट सार्वजनिक गरेको भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले बताए । नगर प्रमुख चन्द्रप्रकाश घर्तीको अध्यक्षता कर्णाली प्रदेश सभा सदस्य गणेश प्रसाद सिंहको प्रमुख अतिथित्यता कर्णाली प्रदेश सभा सदस्य कृष्णा शाहको बिशेष अथितिमा पाँचौं नगर सभाको आयोजना गरिएको थियो । यस्तै जिल्लाका ७ ओटै स्थानिय तहहरुमा मंगलवार नितितथा कार्यक्रम सार्वजनिक कार्य जारी रहेको छ ।
जिल्लाको जुनिचाँदे गाउँपालिकाको लुहादह,शिवालय गाउँपालिकाको,सिमा,छेडागाड नगरपालिकाको दशेरा,कुशे गाउँपालिकाको थर्पु भार्मा,बारेकोट गाउँपालिकाको लिम्सा,नलगाड नगरपालिकाको दल्लीमा कार्यक्रम जारी छन । हाल जिल्लामा कुनै बिवाद नभएर शान्तिपूण कार्यक्रम सञ्चालन भएका छन ।
जिल्लाको भेरी नगरपालिकाको नितितथा कार्यक्रम (पूर्ण पाठ)