- सागर थापा
असार १०, दाङ । दाङमा चट्याङ्ले तीन बालकको मृत्यु भएको छ । एक जना बालक घाइते भएका वछन् । मंगलबार साँझ ६:१५ बजेतिर परेको चट्याङ्ले राप्ती गाउँपालिका वडा नं. ३ मौरीघाट निवासी ११ बर्षीय रमित चौधरी, ११ बर्षकै बिनास चौधरी र १३ बर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बेल बहादुर पान्डेले वताएका छन् ।
चट्याङ लागेर विनास चौधरीको भाई ८ वर्षीय अविनास चौधरी घाइते भएका छन् । उनको उपचार भैरहेको छ । प्रहरीका अनुसार राप्ती गाउँपालिका ४ स्थित मौरीघाट माध्यामिक विद्यालयको छेउमा रहेको जामुनाको रुपमा चढेका बेला सोही रुखमा परेको चट्याङ्ले तिनै जना बालकको घटना स्थलमै मृत्यु भएको हो ।