असार १०, महोत्तरी । महोत्तरी, सम्सी गाउँपालिका-४ बाट बर्दिबास नगरपालिका-१४ बस्ने २१ वर्षीय राम भरोस महतो र २२ वर्षीय अजय कुमार बैठालाई नियन्त्रित लागूऔषध नाईट्रोभेट ट्याब्लेट ३० थान सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गैडाभेटपुर महोत्तरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.७ प ७५६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो ।
यसैगरी महोत्तरी, बर्दिबास नगरपालिका-४ बाट गौशाला नगरपालिका-४ बस्ने २६ वर्षीय राजा राम साहलाई नियन्त्रित लागूऔषध एक्स-पाम ५२ थान र डाईजेपाम १ सय एमएलको २ बोतल सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गैडाभेटपुर महोत्तरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.४ प ६१०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार साहलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।