• २०८० मङ्सिर १५ गते शुक्रवार

जाजरकोटको बारेकाेटमा शंकास्पद बस्तु फेला

पढ्न लाग्ने समय : १ मिनेट
  • रेशम बहादुर खड्का जाजरकोट

असार १०, जाजरकोट । जाजरकोटकाे बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्र लम्सामा शंकास्पद बस्तु फेला परेको छ ।

मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) बिप्लव समुहको बन्द संगै गाउँपालिकाकाे प्रशासनीक केन्द्रमा यस्तो भेटिएको हाे । सुतली वम जस्तो देखिने संकास्पद बस्तु सँग प्रर्चा समेत देखिएको जानकारी अाएकाे स्थानमा प्रहरी जादै गरेको ईलाका प्रहरी कार्यालय रामिडाडाले जनाएको छ । नितितथा कार्यक्रम सार्वजनिक गर्ने दिन यसरी प्रचार सामाग्री सहित देखा पर्नुमा अाफुहरु असुरक्षित रहेको जनप्रतिनिधिहरुकाे भनाइ छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले सम्पर्क जारी रहेको बताएको छ । बारेकोट स्थित ईलाका प्रहरी कार्यालय दुई २ घण्टाको पैदल दुरीमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस