• २०८० मङ्सिर १५ गते शुक्रवार

मेरो याद दिलाउने सव चिज फिर्ता लान भन्यौ

पढ्न लाग्ने समय : १ मिनेट
  • भोला घिमीरे

मेरो याद दिलाउने¸सवचिज फिर्ता लान भन्यौ
सबै छाडे तिम्रो लागी¸धरति छाडी जान भन्यौ ।

देउरालिको पिपलुलाई धमिराले खाएपनि
चौतारिमा प्रित गास्यौ¸अव साथि ठाँन भन्यौ ।
मेरो याद दिलाउने¸सवचिज फिर्ता लान भन्यौ
सबै छाडे तिम्रो लागी¸धरति छाडी जान भन्यौ ।

आफैँ विश्वास तोड्नु रैछ¸हात समाई मन्दिर लगि
छातिमाथि हात राखी फेरी कसम खान भन्यौ।
मेरो याद दिलाउने¸सवचिज फिर्ता लान भन्यौ।
सबै छाडे तिम्रो लागी¸धरति छाडी जान भन्यौ ।।

धन सगँपो रैछ आखीर¸अटुट तिम्रो सम्बन्ध यो ।
जिन्दगि की प्रेम छान्छौ¸आखीर एक चिज छान भन्यौ।
मेरो याद दिलाउने¸सवचिज फिर्ता लान भन्यौ
सबै छाडे तिम्रो लागी¸धरति छाडी जान भन्यौ ।

कठै मेरो प्रेमको बदला¸मृत्यू दण्ड दिन खोज्यौ
जाउ मलाई छाडि तिमि तिमिलाई जिवनदान भन्यौ ।
मेरो याद दिलाउने¸सवचिज फिर्ता लान भन्यौ
सबै छाडे तिम्रो लागी¸धरति छाडी जान भन्यौ ।।

थुप्रै बिते अतितहरु¸न्यानो एउटै अँगालोमा
त्यही यादलाई मैले देको तितो मायाँ ठान भन्यौ ।
मेरो याद दिलाउने¸सवचिज फिर्ता लान भन्यौ
सबै छाडे तिम्रो लागी¸धरति छाडी जान भन्यौ ।।

तारकेश्वर नगरपालिका ३, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस