• २०८० असोज ११ गते बिहिवार

तारकेश्वरमा कुकुर आतंक, दुई दिनमा ६ जनालाई टोक्यो

पढ्न लाग्ने समय : २ मिनेट

बैशाख १२, काठमाडौं । काठमाडौंको उत्तरी भेगमा रहेको ताकेश्वर नगरपालिकाको वडा नं. ३ मा कुकुर आतंकले जनजिवन प्रभावित भएको छ । कुकुरले एकैदिन ६ जना मान्छेलाई टोकेर घाईते बनाएको छ ।

तारकेश्वर नगरपालिका वडा नं. ३ को वडा कार्यालय आसपास मै करिब २०-३० वटा भुसिया कुकुरले आतंक मचाउदै आएको छ । तारकेश्वर नगरपालिका वडा नं. ३ साबिक जितपुरफेदी वडा नं. ९ का वर्ष ७६ का यदुनाथ अर्याल बुधवार दिउँसो को समयमा सडक छेउमा घाम तापिरहेको बेला एक्कासी कुकुरले टोकेको थियो । त्यसै दिन बिहान माईत आउदै गरेकी उनकै छोरी वर्ष ४५ की सावित्री ढुंगानालाई पनि टोकेको थियो ।

कुकुर आतंकले मंगलबार र बुधवार उक्त क्षेत्र निकै तनाबगस्त रहेको थियो । विद्यालय जादैं गरेका विद्यार्थी, कार्यालय जादैं गरेका युवा बाटोमा जसलाई भेट्यो त्यसैलाई टोक्ने गर्न थालेपछि स्थानिय र प्रहरीको मिलोमतोमा उक्त कुकुरलाई लखेटेर मारेका थिए । कुकुरले टोकेर घाईते भएकाहरुलाई रेबिजको सुई लगाइ सकिएको स्थानिय स्वास्थ्यकर्मी परशुराम अर्यालले जानकारी दिनुभयो ।

कुकुरले यस अघि पनि घरपालुवा बाख्रा, खरायो आदिलाई आक्रमण गरेर मार्ने गरेको थियो । “अब त पसलमा सामान किन्न पनि बच्चालाई पठाउन सक्ने अवस्था छैन, कुनबेला कुकुरले टोकेर घाईते बनाउछ भन्न नै सकिदैन । ” एक स्थानियले बताउनु भयो । “बाबु नानी एक्लै हिड्न सक्ने अवस्था नै छैन ” उहाले बताउनु भयो ।

तारकेश्वर ३ कुकुर आतंकले मात्र ग्रसित हैन बादर, चितुवा र छाडा चौपायको आंतक पनि यहा धेरै छ । अहिले यस भेगमा बादर र छाडा चौपायका कारण मकै लगायतका खेति गर्न छाडिसकेको छ ।

तारकेश्वर नगरपालिका वडा कार्यालय र तिनपिप्ले पुलिस बिट को आसपासमा धेरै सख्यामा कुकुर, बादर र छाडा चौपाय रहेको र कहिलेकाहि यातायातमा समेत असजिलो पार्दै आउदा समेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

प्रतिक्रिया दिनुहोस