• २०८१ चैत्र २ गते आइतवार

विप्लवजी पनि अब वार्तामा आउनुपर्छ: गृहमन्त्री बादल

पढ्न लाग्ने समय : २ मिनेट

वैशाख १२, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव नेकपाको गतिविधि निस्तेज पार्न सरकार सफल भएको दाबी गरेका छन् ।

प्रदेश १ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न विराटनगर आइपुगेका मन्त्री थापाले भने- ‘विप्लव समूहको गतिविधि निस्तेज भएको छ । यसलाई पूर्ण निस्तेज पार्न सरकारले नीतिहरु अख्तियार गरेको छ ।’,

उनले विप्लव समस्याको समाधान सरकारले वार्ता र संवादबाटै गर्न चाहेको पनि उक्त अवसरमा प्रष्ट पारे । ‘विखण्डनकारी शक्ति (सीके राउत) लाई समेत हामीले वार्ता र संवादबाटै मूलधारको राजनीतिमा अवतरण गराइसकेका छौं । विप्लवजी पनि अब वार्तामा आउनुपर्छ’, कुनै बेलाका आफ्ना सहयात्रीलाई संवादमा आउन सुझाउँदै उनले भने ।

विप्लव समूहले विध्वंशकारी गतिविधि गरेकाले सरकारले नियन्त्रणमा लिएको उनले दोहोर्‍याए । जुन सुकै उद्देश्य बोकेका राजनीतिक दललाई शान्तिपुर्ण आन्दोलन गर्ने छुट छ । तर शान्ति सुरक्षामा खलल पुर्‍याउने छुट कसैलाई छैन’, गृहमन्त्री थापाले भने ।

प्रतिक्रिया दिनुहोस