बैशाख १२, सप्तरी । भूमिसुधार तथा मालपोत कार्यालय , राजबिराज, सप्तरीमा कार्यरत नायब सुब्बा बासुदेब मण्डलले मोही जग्गाको बाँडफाँड गरी लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग लिएको घुस रकम सहित पक्राउ परेका छन ।
लगत कट्टा गर्नका लागि रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले नायब सुब्बा बासुदेब मण्डललाई सेवाग्राहीसँग ४० हजार घुसबापतको रकम लिईसकेको अवस्थामा नियन्त्रण लिएको हो ।
नायव सुब्बा बासुदेव मण्डलले मोही जग्गाको लगत कट्टा गर्ने प्रयोजनको लागि आवश्यक प्रकृया अगाडि नबढाई सेवाग्राहीलाई पटकपटक तारेखमा राखी घुस रकम माग गरेका थिए । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले बतााउनु भयो ।