बैशाख १२, काठमाडौं । भुकम्प मिति २०७२ वैशाख १२समय ११५६ बजे ७.८ रेक्टर स्केलको गएके थियो । जसको केन्द्र बिन्दु वारपाक,गोर्खामा रहेको थियो ।
महाभुकम्प २०७२मा के कति विनासर नोक्सानी भयो भन्ने तथ्यांक यस अनुसार रहेको छ । यस महाभुकम्पमा मृत्यु भएको मानिसको संख्या ८७९०जना रहेको थियो भने यस प्राकृतिक विपत्तीमा घाईते हुने मानिसको संख्या २२३००जना रहेको थियो भने यस घटनामा बेपत्ता भएको मानिसको संख्या करिब ३००जना रहेको थियो ।
यस समयमा ठुला चौपायाको १७००० भन्दा बढी र साना चौपायाको ४०००० भन्दा बढीको मृत्यु भएको थियो । महाप्रलयमा पुर्णरुपमा ध्वस्त भएका घर ५०७०१ र आंशिक क्षति भएका घर २६९१९० रहेको थियो । भुकम्पबाट सारा नेपाल नै प्रभाबित भएपनि प्रत्यक्ष प्रभावित जनसंख्या ८०,००,००० रहेको थियो ।
यस प्रलयमा सास्कृतिक संरचना २९०० वटाको क्षती भएको थियो भने पुरातत्विक सम्पदामा असर ७४४ भएकोमा पुर्ण रुपमा क्षतिग्रस्त सम्पदा १३३ रहेको थियो । यस अवधिमा सिचाई पुर्बाधार प्रभाबित संख्या २९० रहेको थियो भने ट्रेकिङ रुटमा क्षति ३५० र विद्युत क्षति ११५ मेघावाट रहेको थियो । यस महा प्रलयकारी भुकम्पमा प्रशासनिक क्षति १७११ रहेको थियो भने यसमा कुल क्षति ७०७४६१०००००० भएको थियो ।