• २०८० असोज ४ गते बिहिवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हातहतियार सहित पोल्याण्डका नागरिक पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १२, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरको उडानद्धारा काठमाडौं आएका पोल्याण्डका नागरिक एडोम रज्जर एडाडमुस विभिन्न हातहतियार सहित बुधबार साँझ पक्राउ परेका छन् ।

उनले बोकी ल्याएको ह्याण्ड ब्यागमा भन्सार कार्यालयले चेकजाँच गर्ने क्रममा मेड इन चाइना लेखिएको बन्दुक जस्तो देखिने कालो रङ्गको हतियार १ थान र १७७ क्यालिबरको गोलीको प्याकेट ३ थान फेला पारी भन्सार कार्यालयले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा बुझाएको छ ।
समातिएको हतियार र पोल्याण्डका नागरिक एडोम रज्जर एडाडमुस बारेमा थप आवश्यक अनुसन्धानको लागि हिजै महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस