• २०८१ मङ्सिर २२ गते शनिवार

वन अधिकृत सल्लाहुदिन अन्सारी घुस रकम सहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १२, मोरङ । सव डिभिजन वन कार्यालय, लाटीझोडा, मोरङका सहायक वन अधिकृत सल्लाहुदिन अन्सारी घुस रकम सहित पक्राउ परेका छन ।

डिभिजन वन कार्यालय, मोरङमा पुनरउत्पादन कटान सहमतिको सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज सहायक वन अधिकृत सल्लाहुदिन अन्सारीलाई सेवाग्राहीसँग रू.३५,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो । उनले दीपज्योती सामुदायिक वन उपभोक्ता समूह, केरावारी, मोरङको पुनरउत्पादन कटान सिफारिस गरिदिने कामका लागि घुस लिएका थिए ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (९) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस