• २०८१ चैत्र ३ गते सोमवार

एनसेल कर प्रकरण : नेकपा निकट विद्यार्थी र युवा संगठनले निकाले बिज्ञप्ती (बिज्ञप्ती सहित)

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १२, काठमाडौं । सत्तारुढ नेकपाका युवा र विद्यार्थी संगठनले एनसेलले तिनुपर्ने कर नतिर्दा सम्म एनसेलको सिम प्रयोग नगर्न संयुक्त अपिल गरेका छन् ।

वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा), युवासंघ अध्यक्ष रमेश पौडेल, अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले बिहीबार संयुक्त विज्ञप्ति निकालेर एनसेलको सिम कार्ड प्रयोग नगर्न अपिल गरेका हुन् । एनसेललाई कर छुट दिने तथा कुनै किसीमको विशेष सहुलियत दिने जस्ता राष्ट्रघाती काम नगर्न पनि बिज्ञप्तीमा भनिएको छ ।

‘एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिर्दासम्म एनसेलको सिम प्रयोग नगर्न, नगराउन मातहतका सबै साथीहरु र आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं,’ संयुक्त विज्ञप्तिमा लेखिएको छ ।२४ घण्टाभित्र एनसेलले कर नतिरेमा दबावका कार्यक्रम घोषणा गरिने चेतावनी पनि उनीहरुले दिएका छन् ।

हेर्नुहोस विज्ञप्ती:

प्रतिक्रिया दिनुहोस