• २०८१ माघ ८ गते मङ्गलवार

३ बर्ष देखि दुबै मृगौला पीडित थापाले सहयोगको लागि सबैमा अपिल

पढ्न लाग्ने समय : १ मिनेट
  •  सागर थापा

वैशाख १२, काठमाडौं ।बुटवल कालीगण्डकी गाउपालिका वाड न ५ फोक्सिङ घर भई हाल रुपन्देहीको सैनामैना बस्दै आएका ४२ वर्षीय मृगौला रोगि दान बहादुर थापाले मृगौला प्रत्यारोपणका लागि सहयोगको अपिल गरेका छन ।

परिवारको आर्थिक अबस्था कमजोर भएको कारण उपचारमा कठिनाइ भएकाले आर्थिक सहयोग जुटाइदिन परिवारले अपिल गरेका हुन । उच्च रक्तचापका कारण बिरामी परेर अस्पताल गएका थापाको चेकजाँच गर्दा दुबै मृगौला फेल भएको थाहा भएको हो । गाडी चलाएर घरपरिवार धान्दै आएका थापा नै बिरामी परेपछि परिवार संकटमा परेको छ । मासिक ५० हजार औषधि खर्च लाग्ने भएपछि उपचारमा निकै कठिनाई भएको उनकी श्रीमती तारा थापाले बताइन । थापाका कक्षा १० मा अध्ययन गर्ने एक छोरा र कक्षा ११ मा अध्ययन गर्ने एक छोरी छन । थापाको लुम्बिनी प्रादेशिक अस्पताल ग्रान्डी , बिर अस्पताल हुदै हाल गौतम बुद्ध मुटु हस्पिटलमा उपचार भइ रहेको छ । रास्टिय बाणिज्य बैकमा दान बहादुर थापाको नाममा रहेको खाता नम्बर ३१२००३९७३९१० मार्फत सहयोग रकम प्रदान गर्न उनीहरुले आपिल गरेका छन ।

प्रतिक्रिया दिनुहोस