• २०८० असोज ५ गते शुक्रवार

बसमा आगलागी, चारजनाको घटनास्थलमै मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

चैत ११,भारत ।  दिल्लीको आनन्द विहारबाट लखनऊ तर्फ गइरहेको बस आगरा–लखनऊ सडकखण्डको मीठेपुरमा डिवाइडरसँग ठोक्किएको थियो । त्यसपछि बसमा आगो लागेको हो । बसमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

घटनास्थलमै चारजनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । घटनामा घाइते भएकालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

बसमा कति यात्रु थिए भन्ने यकिन जानकारी नआएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस