शंकर केसी/फागुन १३, सल्यान । सल्यानका एक बालकले जहाज बनाएका छन् । करिव दुई महिना लगाएर सल्यानका १५ बर्षीय बालकले जहाज बनाएका हुन् । साथै उनले ६ महिनाभित्र उक्त जहाजलाई उडाउने योजना समेत बनाएका छन् ।
सल्यान शारदा नगरपालिका वडा नं. २ मा रहेको त्रिभुवन जनता माबि लुहापिङमा कक्षा ९ मा अध्यनरत १५ बर्षीय विजय रानाले उक्त योजना बनाएका हुन् ।
उनी हरेक दिन विद्यालय जान्छन् र विदाको दिन तथा साँझ र विहानको फुर्सद निकालेर जहाज बनाउने गर्छन् । शारदा नगरपालिका २ मेलघारीमा रहेको आफ्नै घर नजिकको बारी छेउँमा उनले जहाजलाई उड्ने बनाउने प्रयास गरिरहेका छन् ।
उनले भने, ‘जेनेरेटर, कम्प्युटर, पुरानो टिभी लगाएतका सामानबाट जहाँज बनाइरहेको छु । जहाँजमा अटो क्सिामा प्रयोग हुने टाएर राख्ने तयारिमा छु ।’ उनले घरबाट बुवाआमा, स्कुलबाट शिक्षक तथा विद्यार्थी साथी एवम् नगरपालिका वडा कार्यालयबाट पनि हौसला आइरहेको बताएका छन् ।
हाल सम्म शारदा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष केशव श्रोष्ठले जहाज बनाउनका लागी सहयोग स्वरुप १२ हजार रुपैयाँ प्रदान गरेका छन् । विजयले भने ‘जहाँज पूर्ण रुपमा निर्माण गर्नका लागी अरु सहयोग पनि चाहिन्छ । रकमको मलाइ आवशयकता छ ।’
विजयको घरपरिवार आर्थीक स्थीतीले निकै कमजोर अवस्थामा रहेका छन् । १५ वर्षिय विजय सानै देखि यस्ता क्रियाकलापमा खुब रुची राख्दथे । उनको परिवारका अनुसार पाँच छ वर्षको उमेर देखि नै चित्र बनाउने, कविता लेख्ने, मुर्ती बनाउने जस्ता कुरामा खुब रुची राख्ने गर्थे ।
यस अघि विजयले सानो आकारको जहाँज बनाएर उडाएका पनि थिए । जसको भिडियो रेकर्ड राखेका छन् । त्यसैको हौसला स्व?प ठूलो आकारको जहााज बनाएर उठाउने आाटका साथ उनी काममा विचलीत नभएर लागिरहेका छन् ।
उनले यस अघि बोल्ने रोबर्ट, घामबाट मोवायल चार्ज हुने प्रविधि विकास गरिसकेका छन् । विजयका कोठाभरि विभिन्न इलेक्ट्रीक चीजवस्तुह? रहेका छन् ।
राती १ बजेसम्म नसुतेर काममा व्यस्त रहने उनको क्षमता र प्रतिभालाइ उजागर गर्न सबैको सहयोग आवश्यक छ । अहिले बनाउन थालेको जहाँजलाइ उड्ने स्थीतीसम्म पुर्यान झण्डै २ लाख रुपैयाा आवश्यक पर्ने भएकाले विभिन्न निकाय र व्यक्तिबाट सहयोगको अपेक्षा विजयको छ ।
https://www.facebook.com/263700687799413/videos/2551463268214681/?v=2551463268214681