१३ फागुन, काठमाडौं । आईसीसी टी -२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ ।
थाइल्यान्डको बैककमा आज नेपालले आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
चीनलाई पराजित गर्दै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावनालाई कायमै राख्न चाहन्छ । चीन जारी प्रतियोगितामा निकै बलियो टिमको रुपमा देखा पारेको छ । चीन अहिले अंक तालिकाको तेस्रो स्थानमा रहँदा नेपाल चौथो स्थानमा छ ।