पौष , ८ काठमाडौँ। बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘दबंग–३’ दर्शकमाझ रिलिजमा आएको चारदिन भइसकेको छ ।
एक साता नपुग्दै सलमानको फिल्मले ९० करोडको हाराहारीमा बक्स अफिस कलेक्शन गरिसकेको छ । बक्स अफिस इन्डिया डट कमका अनुसार ‘दबंग–३’ले सोमबारका दिन ९ देखि १० करोडको हाराहारीमा कलेक्शन गरेको छ ।
फिल्मले ८९.१५ करोडको आँकडा पार गरिसकेको छ । ‘दबंग–३’ले पहिलो दिन (शुक्रबार) २४.५० करोड, शनिबार २४.७५ करोड र आइतबार ३१.९० करोडको व्यापार गरेको छ । फिल्मको सलमान खानको चुलबुल पाण्डे भूमिकालाई दर्शकहरुले खुब रुचाइरहेका छन् ।