• २०७९ मङ्सिर १७ गते शनिवार

गायिका आशा भोस्ले नेपाल आउँदै

पढ्न लाग्ने समय : १ मिनेट

पौष, ८ काठमाडौँ । भारतकी  प्रसिद्ध गायिका आशा भोस्ले बुधबार नेपाल आउँदै छन् । साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा गायिका भोस्ले नेपाल आउँने भएकी छन् ।

उनले शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार वटा  गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए ।  असी वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ ।

यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु,  गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भइ नजाऊ कहिल्यै लगायत नेपाली गीत गाएर नेपाली भाषा, गीतसङ्गीतमा ठूलो योगदान दिएकी छन्।

प्रतिक्रिया दिनुहोस