• २०८० फाल्गुन १० गते बिहिवार

नक्कली बेरिङ बिक्रीको आरोपमा एक जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पौष, ८ काठमाडौँ । वीरगञ्जबाट नक्कली बेरिङ बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सोमबार वीरगञ्ज महानगरपालिका-८ घण्टाघर स्थित श्री श्याम मेसिनरी टुल्स नाम गरेको पसलका सञ्चालक वीरगञ्ज-२ छप्कैया बस्ने छविकान्त सरावगी पक्राउ परेका हुन् ।

भारतमा निर्मित एसकेएफ कम्पनी नाम गरेको बेरिङ भन्दै सोही नाम गरेको नक्कली बेरिङ बिक्री गरेको सूचनाको आधारमा उनले सञ्चालन गरेको पसलमा छापामारी गरी विभिन्न साइजका ३०५८ थान बेरिङ बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका बेरिङको मूल्य करिब २७ लाख रुपैयाँ बराबरको रहेको र सरावगीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस