• २०८१ बैशाख १३ गते बिहिवार

दशदिने सार्वजनिक सूचना प्रकाशित गर्ने समितिको निर्णय

पढ्न लाग्ने समय : १ मिनेट

पौष, ८ काठमाडौँ । सङ्घीय संंसद् संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्य पदमा प्रस्तावित लक्ष्मीबहादुर ‘निराला’ खड्काको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

सुुनुवाइ प्रक्रियालाई अघि बढाउने सन्दर्भमा बैठकले उक्त पदका लागि प्रस्तावित निरालाप्रति कुनै सिकायत भए १० दिनभित्र उजुरी दिन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ ।

परिषद्का सदस्य पदम वैदिकले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीले निरालाको नाम प्रस्ताव गरी सुनुवाइका लागि समितिमा पठाएका हुन् । निराला मुलुकका पुराना र वरिष्ठ वकिल रहेका छन् ।

यसअघि केही समय उनले महान्यायाधिवक्ताको जिम्मेवारीसमेत सम्हालेका थिए । समितिले उजुरी प्राप्त भएपछि उजुरीकर्तासँग छलफल सकेपछि निरालासँग सुनुवाइ गर्नेछ । यी सबै प्रक्रिया करिब १५ दिनमा पूरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस