• २०८१ माघ ९ गते बुधवार

लुम्बिनी-बौद्ध विश्वविद्यालयका लेखापाल २५ हजार घुससहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट
  • सिमा गुरुङ्ग, बुटवल

मंसिर ८, बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल रत्नेश्वर तिवारी घुससहित पक्राउ परेका छन् ।

विश्वविद्यालयका लागि आवश्यक सामग्री खरिद गर्ने क्रममा घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले तिवारीलाई २५ हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको अख्तियारका प्रवक्ताद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस